अन्तरपालिका महिला फुटबल फागुन १० देखि

सोमबार, माघ २२, २०८०

विराटनगर । आगामी फागुन १० देखि १९ गतेसम्म इलाममा ‘प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल प्रतियोगिता’ आयोजना गरिने भएको छ । माइभ्याली फुटबल क्लबले प्रतियोगितामा आयोजना गर्न लागेको हो ।प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । स्थानीय खेलाडी महिलाको प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय–अन्तर्राष्ट्रिय तहसम्मका प्रतिस्पर्धामा सहभागी हुन सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। क्लबका अध्यक्ष दिनेश काफ्लेले अहिलेसम्म सात पालिकाको टिम सम्पर्कमा आइसकेको बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँसहित ट्रफी पाउने छ भने  उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । प्रतियोगिताको फाइनल खेलका दिन विभिन्न समयमा इलामबाट राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी महिला खेलाडीलाई सम्मान गर्ने कार्यक्रम पनि तय भएको क्लबले जनाएको छ ।

प्रतियोगिताका लागि करिब नौ लाख रुपैयाँको आय–व्यय अनुमान गरिएको छ । प्रत्येक दर्शकबाट अन्य दिन ५० रुपैयाँ र फाइनलको दिन सय रुपैयाँ प्रवेश शुल्क उठाइने भएको छ । 

अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिनेछ भने विद्यार्थीलाई आधा छुट दिने आयोजक क्लबका सन्तोष भक्तराजले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार