प्रधानमन्त्री कप क्रिकेटको उपाधी नेपाल पुलिस क्लबलाई

शनिबार, माघ २०, २०८०

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै उपाधी जितेको छ ।  कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आर्मीले जीतका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा भेट्टायो ।  पुलिसका लागि शंकर रानाले सर्वाधिक ६२ रनको योगदान दिए । त्यस्तै अर्जुन साउदले ३६ रन, अमित श्रेष्ठले २८ रन तथा आरिफ शेखले २७ रन बनाए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ४९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।  आर्मीका लागि विवेक यादवले सर्वाधिक ६३ रनको योगदान दिए  । त्यस्तै, सोमपाल कामीले ३९, इमरान शेखले २८, र कुशल मल्लले १७ रन बनाए ।  पुलिसका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए । त्यस्तै, सागर ढकाल, करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार