भारतीय ब्याट्यसम्यानकाे दबाबमा नेपाली बलार

नेपालविरुद्धको खेलमा भारतको राम्रो सुरुवात 
शुक्रबार, माघ १९, २०८०

काठमाडौं । आइसिसी यू–१९ विश्वकप अन्तर्गत नेपाल र भारत बीचको जारी खेलमा भारतीय ब्याट्यसम्यानले नेपाली बलारलाई दबाबमा पारेका छन् । ३ विकेट लिएर मध्यम सुरुवात गरेको नेपालका बलरले भारतीय ब्याट्सम्यानलाई आउट गर्न नसक्दा स्कोर बढ्दो छ । ब्लोमफोन्टेनमा जारी खेलमा नेपालले ३६  ओभरको समाप्तीमा भारतको ३ विकेट लिँदै १९१ रन दिएको छ । नेपालका लागि आकाश चन्द र गुलशन झाले १–१ विकेट लिँदा एक विकेट रनआउट गर्न सफल भएको थियो । 
भारतका सुरुवाती ब्याटर आदर्श सिंह १८ बलमा २१ रन प्रहार गर्दै गुलशनको बलमा पाँचौं ओभरमा विकेटकिपर उत्तम मगरको हातबाट क्याच आउट भएका थिए ।
यस्तै त्यसपछि आउट हुनेमा तेस्रो नम्बरमा आएका प्रियंशु मोलिया थिए । उनी १४औं ओभरमा १९ रन बनाएर रनआउट भएका थिए ।
सोही ओभरमा आकाशले अर्का ओपनर अर्शिन कुलकर्नीलागि १८ रनमा आउट गरे । सो विकेटमा पनि उत्तमले क्याच आउट गराएका थिए ।
नेपालका लागि गुलशनले ५ ओभरमा २३ रन खर्चेर १ विकेट लिएका छन् । यस्तै आकाशके ५ ओभरमा २७ रन दिएर १ विकेट नै लिएका छन् ।
दुर्गेश गुप्ताले ५ ओभरमा २ मेडन सहित २६ रन दिंदा दिपेश कँडेलले ४ ओभर बलिङ गरेर १६ रन दिएका छन् । सुबाश भण्डारीले १ ओभर मात्र गरेर ५ रन दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार