इलाममा फागुन २ देखि महिला गोल्डकप 

बिहीबार, माघ १८, २०८०

विराटनगर । आगामी फागुन २ देखि ७ गतेसम्म इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक ओएसिस क्लब इलामले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिताको उपाधि विजेता टिमले नगद दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ । उपविजेता टिमले नगद एक लाखसहित ट्रफी पाउने आयोजकले जनाएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) र जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुने छ ।  प्रतियोगितामा रेफ्रीका रुपमा पनि महिला नै रहने क्लब अध्यक्ष च्याङ मुखियाले बताए । आठवटा टिमलाई सहभागी गराइने प्रतियोगितामा कुन कुन टिम सहभागी हुने भन्ने टुंगो लाग्न बाँकी छ । प्रतियगिताअन्तर्गतका खेलहरु दर्शकले निःशुल्क हेर्न पाउने छन् ।  सोही स्थानमा माघ ६ देखि १३ सम्म इलाम गोल्डकप सम्पन्न भएको थियो । यस्तै, माइभ्याली फुटबल क्लबले आउँदो फागुन १० देखि १९ सम्म पालिकास्तरीय उपमेयर कप फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार