बंगलादेशविरुद्ध नेपालको खराब सुरुवात

बुधबार, माघ १७, २०८०

काठमाडौँ । आईसिसी यु–१९ विश्वकप अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले बंगलादेश विरुद्ध खराब सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो पावरप्लेमा तीन विकेट गुमाइसकेको छ । १४ ओभरको समाप्तिमा नेपालले ४६ रन बनाएकाे छ भने तीन विकेट गुमाएको छ । 
नेपालका ओपनर द्वय अर्जुन कुमाल, बिपिन रावल र तीन नम्बरमा आएका आकाश त्रिपाठी पेभेलियान फर्किसकेका छन् ।  
बिपिन रावल चौथो ओभरको पाँचौ बलमा मरुफ मृधाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट स्लिपमा क्याच आउट भएका थिए । उनले १२ बल खेलेर २ रन बनाए ।
त्यसपछि आउट हुने आकाश त्रिपाठी थिए । उनी १३ बलमा ३ रन बनाएर इक्बाल होसेन इमोनको बलमा आठौ ओभरको पाचौ बलमा रिजवानकै हातबाट क्याच आउट भए ।
अर्जुन कुमाल भने रोहानत बोर्सोनको बलमा नवौ ओभरको तेस्रो बलमा २६ बलमा २ चौका सहित १४ रन बनाएर मृधाको बलमा क्याच आउट भए ।  अहिले क्रिजमा कप्तान देव खनाल र विशाल विक्रम केसी खेलिरहेका छन् ।  देव खनाल १९ बलमा ८ रन तथा १६ बलमा ५ रनमा खेलिरहेका छन् । 
नेपालले आज टोलीमा २ परिवर्तन गरेको छ । तिलकराज भण्डारी र दीपक डुम्रेको स्थानमा आज अलराउन्डर विशाल विक्रम केसी र तीव्र गतिका बलर दुर्गेश गुप्ता टोलीमा आएका छन् । विशाल प्रतियोगितामा पहिलो पटक खेलिरहेका छन् ।
नेपालको प्लेइङ ११ ः
अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल (कप्तान), विशाल विक्रम केसी, गुलशन झा, दिपक बोहोरा, दीपेश कंडेल, सुभाष भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार