प्रधानमन्त्री कप क्रिकेट : अन्तिम खेलमा कोशी विजयी

बुधबार, माघ १७, २०८०

काठमाडौं ।  प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा कोशी प्रदेशले समूह चरणको अन्तिम खेलमा जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशमाथि १६ रनको जित निकालेको हो । कोशी प्रदेशले पहिला ब्याटिङ गर्र्दै ४४.४ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो । जवाफमा ४६.५ ओभरमा लुम्बिनी प्रदेश १५६ रनमा रोकिन पुग्यो । पहिला ब्याटिङ गर्दा कोशीका लागि कप्तान अंकित सुवेदीले ४९ रनको पारि खेल्दा सुजन घिमिरेले ४३ रन बनाए । यसैगरी मिनास थापाले २५ रन बनाउँदा सोनु अन्सारीले १७ रन जोडे । आशिष भट्टराईले १० रन बनाएका थिए । बलिङतर्फ लुम्बिनीका नर सार्कीले ४ विकेट लिँदा वीर मगरले ३ विकेट लिए । यस्तै, अभिषेक गौतमले २ विकेट लिँदा कृष्ण कार्कीको नाउँमा एक विकेट रह्यो । १७३ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीको सुरुआत राम्रो रहेन । लगातार विकेट गुमाउँदा लुम्बिनी १५६ रनमा समेटिन पुगेको थियो । लुम्बिनीका दिलसाद अलीले ३२ रन बनाउँदा विराट भण्डारीले २८ रन जोडे । यसैगरी सम्राट भुसालले २६ रन जोड्दा कृष्ण कार्कीले २२ रनको योगदान गरे । निर्मल गुरुङ र सुशान्त थापा ११–११ रनमा आउट भएका थिए । बलिङतर्फ कोशीका सुजन घिमिरेले ३ विकेट लिँदा अभ्यास तिम्सिना, कमल खत्री र समिर कार्कीले दुई–दुई विकेट लिए ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ०३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार