सुपर सिक्समा नेपालको यात्रा 

शुक्रबार, माघ १२, २०८०
Global Ime Bank

काठमाडौं । आइसीसी यू १९ विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा अफगानिस्तान हराएसँगै नेपाल सुपर सिक्स चरणमा प्रवेश गरेको छ । अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूहको तेस्रो स्थानमा रहेर दोस्रो चरणमा प्रवेश गरेको हो । नेपालले ३ खेलमा २ अंक जोड्दा अफगानिस्तान भने अंकविहिन रहँदै पुछारमा रहेर विश्वकप यात्रा टुंग्यायो । समूह चरणमा प्रतिस्पर्धा गरेका १६ टोलीमध्य सुपर सिक्समा हरेक टोलीबाट ३–३ टोली पुग्ने प्रावधान छ ।

Nep-1-1706281089.jpg
सुपर सिक्समा समूह ए र डीका टोलीले एक अर्कासँग खेल्दा समूह बी र सी का टोली पनि भिड्नेछन् । समूहमा पहिलो हुने टोलीले सुपर सिक्समा अर्को समूहको दोस्रो र तेस्रो सँग खेल्नेछन् । यस्तै दोस्रो हुनेले अर्को समूहको पहिलो र तेस्रो तथा तेस्रो हुने टोलीले अर्को समूहको पहिलो र दोस्रोसँग खेल्ने तालिका छ । यस्तोमा नेपालले अब सुपर सिक्सको समूह १ मा समूह ए को विजेता र उपविजेता सँग खेल्नेछ ।

Nep-2-1706281085.jpg
समूह ए मा भारत शीर्ष २ स्थानमा रहने पक्का हुँदा बंगलादेशले पनि पछ्याउने सम्भावना रहेको छ । नेपालले अब ३१ जनवरीमा समूह ए को उपविजेता तथा फेब्रुअरी ३ मा समूह ए को विजेतासँग खेल्नेछ । सुपर सिक्समा समूहको अंक पनि जोडिने हुँदा नेपालले सेमिफाइनलमाको सम्भावना राख्न दुवै खेल जित्नुपर्नेछ । समूह १ र २ का शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । चौथो स्थानको अफगानिस्तानले भने अब समूह ए को चौथो टोलीसँग खेल्नेछ ।

nep-1706281090.jpg
Nep-3-1706281085.jpg
Nep-4-1706281083.jpg
Dev-Khana-1706280539.jpg
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार