सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आइसिसी यु–१९ विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले दिएको १४६ रनको मध्यम लक्ष्य पछ्याइरहेको नेपालले खराब सुरुवात गरेको छ । नेपालले पहिलो पावरप्लेको समाप्तिमा तीन विकेट गुमाउँदै ३६ रन बनाएको छ । नेपालका ओपनरद्वय अर्जुन कुमाल र विपिन रावल तथा आज तीन नम्बरमा ब्याटिङ गर्न आएका गुलशन झा पेभेलिएन फर्किसकेका छन् । अर्जुन चौथो ओभरमा फरिदुन दावुडजाइले १ रनमा रहेको अवस्थामा बोल्ड गरेका थिए । यस्तै आज ब्याटिङ अर्डरमा माथि ब्याट गर्न आएका गुलशन झालाई सातौं ओभरमा १२ बलमा १ रन बनाएको अवस्थामा खलिल अहमदले बोल्ड आउट गरे । विपिन रावल पनि खलिलकै बलमा १९ बलमा २ रन बनाएर आउट भए । आकाश त्रिपाठी १६ रन बनाएर पेभेलिएन फर्कि सकेका छन् । नेपालका कप्तान देव खनाल र दिपक डुम्रे क्रिजमा छन् । कप्तान खनालले ५७ बलमा ३६ रन बनाएका छन् भने उनलाई दिपकले ४ बलमा १ रन बनाउँदै साथ दिइरहेका छन् । बलिङमा आकाश चम्किदा नेपालले अफगानिस्तानलाई १४५ रनमै समेट्यो आइसिसी यु–१९ विश्वकपको समूह चरणको अन्तिम खेलमा अफगानीस्तानले नेपाल सामु १४६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ ओभरको पहिलो बलमा सबै विकेट बनाउँदा १४५ रन बनाएको हो । अफगानिस्तानका लागि अल्लाह मोहम्मद घजनफारले सर्वाधिक ३७ रनको योगदान गरेका थिए ।
अफगानिस्तानका पाँच ब्याट्सम्यानले रनको खाता नै खोल्न नसक्दा नसीर खान मारुफखिलले ३१, फरिदुन दावोद्जाईले २९ र जम्शिद जर्दानले ३ रन बनाए । नेपाली बलरबाट अफगानिस्तानले २१ रन अतिरिक्तबापत पाएको थियो । नेपालका लागि आकाश चन्दले पाँच विकेट लिए । यस्तै, दिवेश कँडेलले दुई, तिलक भण्डारी, सुवास भण्डारी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।नेपाल अनि अफगानिस्तान दुवैले अहिलेसम्म कुनै जित निकाल्न सकेका छैनन् । आजको प्रतियोगिता जसले जित्छ उ सुपर सिक्समा पुग्नेछ भने हार्ने टिम १३औ स्थानका लागि खेल्ने छ ।