प्रथम ल्होछार कप फुटबल हुने 

शुक्रबार, माघ १२, २०८०
Global Ime Bank

मकवानपुर ।तामाङहरुको महान पर्व सोनाम ल्होछारको अवसर पारेर ‘प्रथम ल्होछार कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता माघ २० गतेदेखि २७ गतेसम्म मकवानपुरको गढन सहिद स्मृति खेल मैदानमा आयोजना हुनेछ । 
नाङसाल युवा क्लबको आयोजना तथा बागमती गाउँपालिका वडा नम्बर ३ वडा कार्यलयको प्रायोजनमा हुन लागेको पहिलो ल्होछार कप खुला फुटबल प्रतियोगिता तामाङ भाषा, धर्म र संस्कृतिको संरक्षण एवम् प्रवर्धन गर्ने उदेश्यले आयोजना गर्न लागिएकोनाङसाल युवा क्लबका अध्यक्ष देव लामाले बताए ।  आयोजकनाङ्साल युवा क्लवलेसुचना जारी गर्दै समूह दर्ताको लागि आह्वान गरेको छ । समूह दर्ता शुल्क पाँच हजार लाग्ने छ भने दर्ता मिति माघ १६ गतेसम्म रहने जानकारी गराएको हो । 
प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार नगद पुरस्कार सँगै पहिलो ल्होछार कप पाउने आयोजकले जानकारी गराएको छ । त्यसैगरी,उपविजेता टिमले ३० हजार पुरस्कार प्राप्त गर्नेछ । आयोजकले माघ १८ गते खेल तालिका सार्वजनिक गर्ने जनाएको छ । विगत भन्दा फरक तरिकाले ल्होसार पर्वलाई मनाउने हेतु प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष लामाले बताए । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ०६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार