हिसान स्पोर्टस् मिट : पशुपति, कान्तिपुर र शिक्षदीप कलेज विजयी

शुक्रबार, माघ १२, २०८०
Global Ime Bank

विराटनगर  । हिसान स्पोर्टस् मिटको १२औँ संस्करणअन्तर्गत बिहीबार भएको खेलमा कान्तिपुर, पशुपति, शिक्षादीप, सिटी, मोडर्न एरा, अरनिको, अर्किड कलेज विजयी भएका छन् । विराटनगरस्थित बैजनाथपुरको क्रिकेट मैदानमा भएको क्रिकेट खेलमा कान्तिपुर कलेज र अरनिको कलेज विजयी भए ।
पहिलो खेलमा कान्तिपुरले मेरिल्याण्ड कलेजलाई ५६ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित १६ ओभरमा ५ विकेट गुमाई १ सय २४ रन जोडेको थियो । जसमा राज वर्माले ४४ रन जोड्दा कृतिक कामतले २५ रन जोडे । मेरिल्याण्डका सागर पोद्धारले २ विकेट लिए । १ सय २५ रनको चुनौती पाएको मेरिुल्याण्डले १३ दशमलव ५ बलमा सवै विकेट गुमाई ६८ रनमा सीमित भयो । जस्मा कुष्णकुमार देवले सर्वाधिक २४ रन बनाए । कान्तिपुरका म्यान आफ द म्याच कृतिक कामत सर्वाधिक ३ विकेट लिए । दोस्रो खेलमा अरनिको कलेजले कोवास कलेजलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५३ रनको विशाल योगफल बनाएको थियो । जस्मा सागर मोचीले ४९ रन बनाउँदा सोनु साहले ४१ रन बनाए  । कोवासका अभय यादवले २ विकेट लिए ।
१ सय ५४ रनको चुनौती पाएको अरनिकोले १२ दशमलव २ बलमा सवै विकेट गुमाई ४७ रनमा सिमित भयो । कोवासका कुनै पनि खेलाडीले दोहोरो अंकलाई छुन सकेनन् । अरनिकोका म्यान आफ द म्याच अमर यादवले सर्वाधिक ५ विकेट लिए ।
त्यस्तै शहिद मैदानमा भएको फुटबल खेलमा सिटी, मडर्न एरा, अर्किड र कान्तिपुर कलेज विजयी भए । पहिलो खेलमा विराटनगरको सिटी कलेजले नेता उर्लाबारीको होली चाइल्ड स्कुललाई २–१ को गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा म्यान अफ द म्याच सन्दीप राई र भरतकुमार साहले १–१ गोल गरे भने उलाबारीका मौसम लावतीले १ गोल गरे । 
दोस्रो खेलमा विराटनगरको मोडर्न एरा स्कुलले बुद्ध स्कुललाई सडन डेथमा ६–५ को गोल अन्तरले पराजित गर्यो । निर्धारित समय र पेनाल्टी सुटआउटमा दुवै टिमले बराबरीमा खेल खेलेपछि खेलको सडन डेथबाट भएको हो । खेलमा म्यान अफ द म्याच मोडर्न एराका सन्दीप भट्टराई घोषित भए ।
तेस्रो खेलमा अर्किड कलेजले शिक्षादीप कलेजलाई २–१ को गोल अन्तरले पराजित गर्यो । अर्किडको जितमा म्यान अफ द म्याच सागर विश्वकर्मा र अनिष श्रेष्ठले १–१ गोल गरे भने शिक्षादीपका प्रसिद्ध पोखरेलले १ गोल फर्काए । चौथो खेलमा कान्तिपुर कलेजले जनक स्कुललाई १–० को गोल अन्तरले पराजित गरेको छ । कान्तिपुरको जितमा म्यान आफ द म्याच आयुस मगर १ गोल गरे ।
आजै भएको भलिबलमा कान्तिपुर कलेज, पशुपती स्कुल र शिक्षदीप विजयी भए । पहिलो खेलमा कान्तिपुरले जनक स्कुललाई २५–७ र २५–९ को सोझो सेटले पराजित गर्यो । खेलको म्यान अफ द म्याच कान्तिपुरका कमल श्रेष्ठ घोषित भए । दोस्रो खेलमा पशुपति स्कुलले सिद्धार्थ स्कुललाई २५–१४ र २५–१३ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच पशुपतिका कृष्णकुमार सहनी घोषित भए ।
तस्रो खेलमा शिक्षदीप कलेजले अरनिको कलेजलाई २५–८ र २५–१५ को सोझो सेटले पराजित गर्यो । खेलको म्यान अफ द म्याच शिक्षदीपका आदर्श लिम्बु घोषित भए ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ०५:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार