इलाम गोल्डकप : बिर्तामोड युनाइटेड उपाधिनजिक

शुक्रबार, माघ १२, २०८०
Global Ime Bank

विराटनगर । झापाको बिर्तामोड युनाइटेड इलामको ठूलो टुँडिखेलमा जारी इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।  प्रतियोगिताको फाइनलमा बिर्तामोड युनाइटेडले काठमाडौँको न्युरोड टिम (एनआरटी) सँग भेट पक्का गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा बिर्तामोडले पाँचथर फुटबल क्लबलाई बिर्तामोडले पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोलान्तरले पराजित गरेको हो ।  निर्धाारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा बिर्तामोडको तर्फबाट दिवस उराउ, प्रदीप बुढाथोकी, रोहन कार्की र एन्जल गुरुङले गोल गरे । विशाल दर्जीको प्रहार पाँचथरका बलरक्षकले बचाउ गरेका थिए । पाँचथरको तर्फबाट साइमान लिम्बू र सुदीप श्रेष्ठले गोल गरे । अशोक खवासको प्रहार बिर्तामोडका बलरक्षकले बचाए भने बिजु भुजेलको प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएको थियो । प्रतियोगिताको फाइनल खेल आउँदो १३ गते शनिबार हुनेछ । विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ०४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार