सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आइसिसी यू १९ विश्व कप क्रिकेटमा शनिबार भएका खेलमा भारत र पाकिस्तानले जित निकालेका छन् । भारतले बंगलादेश तथा पाकिस्तानले अफगानिस्तानलाई हराउँदै जित निकालेका हुन् । पाकिस्तानले आइसिसी यू १९ विश्व कप क्रिकेटमा शनिबार अफगानिस्तानाई १ सय ८१ रनको फराकिलो अन्तरले हराएको छ । दक्षिण अफ्रिकामा जारी विश्व कपमा नेपाल सम्मिलित समूह डीको पहिलो खेलमा २ सय ८५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २६.२ ओभरमा १ सय ३ रनमा अल आउट भएको थियो । अफगानिस्तानका नौमान शाह २६, शोहेल खान र रहिमुल्लाह जुरमाती समान २० रन, हसन इसाकीले १९ रन बनाए भने अन्य कुनै ब्याटर चलेनन् ।
पाकिस्तानका तीव्र गतिका बलर उबेद शाहले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर ४ विकेट लिए । मोहम्मद जिशानले ३ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले सहजाइब खानको शतकको मद्दतमा ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८४ रन बनाएको थियो । ओपनर सहजाइबले १ सय २६ बल खेल्दै १० चौका र ३ छक्काको मद्दतमा १ सय ६ रन बनाएका थिए । साद बेगले अर्धशतक बनाए । ५२ बलमा उनले ३ चौका ४ छक्का प्रहार गरे । रियाज उल्लाहले ४६, उबेद शाहले २२ रन बनाए । अफगानिस्तानका खालिद अहमदले ४, बसिर अहमदले २ विकेट लिए । समूह बीमा शनिबार इग्ल्यान्डले स्कटल्यान्डलाई ७ विकेटले हराएको थियो ।
भारतसँग बंगलादेशको हार भारतले जितका साथ आइसिसी यू १९ विश्व कपको यात्रा सुरु गरेको छ । भारतले शनिबार बंगलादेशलाई ८४ रनले हराएको छ । २ सय ५२ रनको मध्यम पछ्याएको बंगलादेश ४५।५ ओभरमा १ सय ६७ रनमा अलआउट भएको थियो । बंगलादेशका मोहम्मद साहिब जेम्सले अर्धशतक बनाएका थिए । ७७ बल खेलेका उनले ७ चौकासहित ५४ रन बनाएका थिए । अरिफुल इस्लामले ४१ रन जोडेका थिए । शेख पेभेज जिबोनले १५, अस्विकुल रहमान शिवी र जिशान आलमले समान १४ रन थपेका थिए ।
भारतका लागि सौम्य पाण्डेले ९.५ ओभरमा १ मेडनसहित २४ रन दिएर ४ विकेट लिएका थिए । मुसिर खानले २, राज लिम्बानी, अस्रिन कुलकर्णी र प्रियान्सु मोलियाले समान १ विकेट लिएका थिए । दक्षिण अफ्रिकामा जारी विश्व कपको समूह एमा त्यसअघि टस जितेर बंगलादेशबाट ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५१ रन बनाएको थियो । भारतका लागि ओपन आर्दश सिंह र उदय साहारनले अर्धशतक बनाएका थिए । ९६ बल खेलेका आर्दशले ६ चौकासहित ७६ र ९४ बल खेलेका उदयले ४ चौकासहित ६४ रन बनाएका थिए । सचिन दासले २६, प्रियंसु मोलिया र अर्भेली अभानिसले समान २३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतलाई मध्यम स्कोरमा रोक्ने क्रममा बंगलादेश मरुफ मृधाले ८ ओभरमा १ मेडनसहित ४३ रन दिएर ५ विकेट लिए । चोधुर मोहम्मद रिजवान र मफुजुर रहमान रवीले समान १ विकेट लिए ।