यू १९ विश्व कपमा इंग्ल्यान्डसँग स्कटल्यान्डको हार

शनिबार, माघ ६, २०८०
Global Ime Bank

काठमाडौं । इंग्ल्यान्डले शनिबार आइसिसी यू १९ मा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । समूह ‘बी’मा टस जितेर इंग्ल्यान्डले विपक्षी टोलीलाई पहिले ब्याटिङ गराउने निर्णयलाई सहित सावित गराउने क्रममा स्टकल्यान्डलाई ४९.२ ओभरमा सबै विकेटको क्षतिमा १ सय ७४ रनमा सिमित गरेको थियो । जवाफमा इंग्ल्यान्डले २६.२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो । कप्तान बेन मिकिनी र जेड्न डेन्लीले पहिलो विकेटमा शतकीय साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात गराएका थिए ।
बेनले अर्धशतकीय इनिङ खेले । ६८ बल खेलेका उनले १२ चौका र ३ छक्काको मद्दतमा ८८ रन बनाए । जेड्नले ४० र नाहा थाइनले २२ रन जोडे । हम्जा शैख ६ र लुक बेन्केन्सन्टेन ११ रनमा नटआउट गरे । स्कटल्यान्डका इब्राहिम फैसलले २ तथा एडि हेजले १ विकेट लिए ।
त्यसअघि स्कटल्यान्डका लागि ओवेन गुल्डले ४८, जेमी डुन्कले ४०, लोगान बिग्सले १८, म्याकिन्जेन जोन्सले १३ र उजेर अहमले १२ रनबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । इंग्ल्यान्डका लुक र फरहानले समान ३ विकेट , तथा सेबास्टियन मोर्गान, डोमिनिक केनी र जेड्नले समान १ विकेट लिए ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार