मैयादेवी मेमोरियल यु–१९ महिला क्रिकेट माघ १२ देखि

शनिबार, माघ ६, २०८०
Global Ime Bank

बैतडी । मैयादेवी मेमोरियल यु–१९ महिला क्रिकेट माघ १२ देखि सुरु हुने भएको छ ।  नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले मैयादेवी श्रेष्ठको स्मृतिमा उन्नाइस वर्षमुनिको  राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । नेपाली कांग्रेसकी पूर्व माननीय तथा प्रजातन्त्र सेनानी, दानवीरंगना स्वं श्रेष्ठको स्मृतिमा आयोजना हुने प्रतियोगिता चितवनको गौतम बुद्ध क्रिकेट रंगशालामा सञ्चालन हुनेछ । 
प्रतियोगितामा  देशका ७ वटै प्रदेशका टोलीको सहभागीता रहने जनाइएको छ । सहभागी हुने ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।   समूह ए मा गण्डकी,सुदूरपश्चिम,कोशी र मधेश तथा समूह बी मा कर्णाली,बागमती र लुम्बिनी रहेका छन् ।  उद्घााटन खेलमा माघ १२ गते गण्डकी र सुदूरपश्चिम प्रदेश भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुनेछ । 
सन् २०२४ मा युएईमा  हुन गईरहेको  एसिया कप छनोट र सन २०२५ मा मलेसिया र थाइल्यान्डमा हुने विश्वकप लाई समेत मध्यनजर गर्दै खेलाडीको प्रतिभा मूल्याङ्कनमा समेत यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने नेपाल क्रिकेट संघले विश्वास लिएको छ । 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार