सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कतारमा जारी एएफसी एसियन कप २०२३ मा इन्डोनेसियाले पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा इराकसँग २–० लो हार बेहोरेको इन्डोनेसियाले शुक्रबार भियतनामलाई १–० ले पराजित गर्यो । फिफा वरियतामा १४६औं स्थानमा रहेको इन्डोनेसियाले आफू भन्दा माथि ९४औं स्थानमा रहेको भियतनामलाई हराएको हो । अस्नावी बाहरले ४२औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै इन्डोनेसियाका लागि पर्याप्ट गर्यो । इन्डोनेसियाको २ खेलमा ३ अंक छ । आजको पहिलो खेलमा जापानलाई २–१ ले स्तब्ध बनाएको इराकको २ खेलमा ६ अंक छ । जापान ३ अंक सहित दोस्रो छ भने पुछारमा रहेको भियतनाम अंकविहिन छ । समूह चरणको अन्तिम खेलमा जापान र इन्डोनेसिया तथा भियतनाम र इराकबीच प्रतिस्पर्धा हुनेछ । हङकङ र इरान बीचको दोस्रो खेल राति ११ः१५ बजे भएको छ । पहिलो खेलमा इरानले जित दर्ता गर्दा हङकङ भने पराजित भएको थियो । सोही समूहमा आ–आफ्नो दोस्रो खेल खेलिसकेका युएईको ४ र प्यालेस्टाइनको १ अंक छ ।