यू १९ विश्व कपमा दक्षिण अफ्रिका र आयरल्यान्डको जित

शनिबार, माघ ६, २०८०
Global Ime Bank

काठमाडौं । आइसिसी यू १९ विश्व कप क्रिकेटको पहिलो दिन शुक्रबार आयोजक दक्षिण अफ्रिका र आयरल्यान्ड विजयी भएका छन् । समूह ‘बी’मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ३१ रन र समूह एमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हराएको हो । पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो । टोलीका लागि डेवन मारिसले अर्धशतक बनाए । उनले ६५ रन बनाए भने जुवान जेम्सले ४७, डेभिड टिगरले ४४ र लुवान ड्रि प्रेटोरियसले ४० रन बनाएका थिए ।

sa-1705701595.jpg
वेस्ट इन्डिजका नाथन सेलीले ३ तथा नाथन इडवार्ड र डेशावन जेम्सले समान २ विकेट लिए । वेस्ट इन्डिजले ४०.१ ओभरमा सबै विकेट गुमााएर २ सय ५४ रन मात्र बनाउन सक्यो । जेवेल एन्ड्रियुलले शतकीय इनिङ खेलेपनि टोलीले सफलता पाउन सकेन । नाथन सेलीले ३३, जोर्डन जोसनले २१ रन बनाए भने अन्य ब्याटर खासै चल्न सकेनन् ।
दक्षिण अफ्रिकाका क्वेना माफाकाले ९.१ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए । रिले नोर्टनले ३ र डेभिड टिगरले १ विकेट लिएका थिए ।


अर्को समूहमा अमेरिकाविरुद्ध १ सय ६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २२।५ ओभरमा ३ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । आयरल्यान्डका लागि रायन हुन्टरले अर्धशतक बनाए । उनले ६३ बलमा ५ चौका साथ ५० रन बनाए । केन हिल्टन र फिलिपुस ले रक्सले समान २३ रन जोडे । अमेरिकाका अर्या ग्रागले २ र कुश भलालाले १ विकेट लिए ।
अमेरिकाविरुद्ध आयरल्यान्डले कसिलो बलिङ गरेको थियो । रुवेन विल्सन र ओभिलर रिलले समान ३ विकेट, जोन म्याकनेलीले २ तथा कार्सोन म्याककुलोग र स्कट म्याबेथले समान १ विकेट लिए । अमेरिकाका लागि कुशले नटआउट २२ रन, पार्थ पटेलले १३ र अमोग अरिपालेले ११ रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०३:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार