अफ्रिका कपमा बुर्किनाफासो विजयी

बुधबार, माघ ३, २०८०
Global Ime Bank

काठमाडौं । अफ्रिका कप अफ नेशन्समा बुर्किना फासोले कठिन जित निकालेको छ । अतिरिक्त समयको अन्तिम समयमा पेनाल्टी पाउँदै बुर्किना फासोले मौरेन्टिनालाई १–० गोल अन्तरले पाराजित गरेको हो । ५८ प्रतिशत बल पोशेसन राखे पनि बुर्किना फासोलाई गोल गर्न भने अतिरिक्त समय कुर्नु परेको थियो ।  मौरेन्टिनाका इसा काबोरेले डी बक्सभित्र फल गरेपछि बुर्किना फासोले भारमार्फत पेनाल्टी पाएको थियो ।

उक्त पेनाल्टीलाई बेट्रान्ड टारोरले गोलमा परिणत गर्दै १–० को जित दिलाए । जितसँगै समूह डीमा बुर्किना फासोले सुखद् सुरुआत गरेको छ । यही समूहमा रहेका अल्जेरिया र एंगोलोले भने मंगलबार विहान सकिएको खेलमा एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार