सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । एफसी एशिया कप फुटबलमा थाइल्याण्ड विजयी भएको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा थाइल्याण्डले कीर्गिस्तानमाथि २–० को सहज जित दर्ता गरेको हो । फिफा वरियतामा ११३ औं स्थानमा रहेको थाइल्याण्डले ९८ औं स्थानमा रहेको कीर्गिस्तानविरुद्ध सहज जित निकालेको हो ।
थाइल्याण्डको जितमा सुपाचाई चाइडेडले दुवै गोल गरेका थिए । २६ औं मिनेट र ४८ औं मिनेटमा गरी दुवै गोल उनैले गरेका हुन् । त्यसपछि दुवै टिमबाट गोल नभएपछि समूह एफमा थाइल्याण्डले स्पष्ट जितका साथ ३ अंक लिन सफल भयो । यो समूहमा साउदी अरेविया र ओमान पनि रहेका छन् ।