महिलाका उत्पादन बेच्न ललितपुर महानगर १४ नं. वडाले वडा परिसरमै हाट राख्ने  (भिडियो)

आइतबार, पुस २९, २०८०

तिखिदेवल (ललितपुर) । ललितपुर महानगरपालिका वडा नं. १४ ले आफ्नो वडास्तरीय बजेट खर्च गरी दिएका तालिममा सहभागी महिलालाई उत्पादनमा प्रोत्साहन गर्न उनीहरूले बनाउने सामग्री बिक्रीका लागि वडा कार्यालय परिसरमै आइतबारे हाट (सण्डे मार्केट) सञ्चालन गर्न लागेको छ । आर्थिक वर्ष २०८०–२०८१ को कार्यक्रम अन्तर्गतको बजेटबाट वडा नं. १४ को वडास्तरीय महिला सञ्जालले आयोजना गरेको १० दिने जुत्ता बनाउने तालिम समापनका अवसरमा वडाअध्यक्ष अमृतजंग महतले तालिम लिएर उद्यमी बन्ने योजना बनाएका महिला दिदी बहिनीको उत्पादनको बजारीकरणका लागि वडा कार्यालयले सण्डे मार्केट राख्ने जानकारी दिनुभयो ।

amt--1705186415.jpg

सण्डे मार्केटमा वडाले सञ्चालन गरेका तालिम लिएका महिलाले उत्पादन गर्ने सामग्री बिक्रीका लागि राखिने छ ।  ‘वडा कार्यालय प्राङगणमै सण्ड मार्केट सुरु गर्ने योजना हाम्रो छ’, वडाअध्यक्ष महतले भन्नुभयो,‘महिलालाई उद्यममा प्रोत्साहन गर्न उहाँहरूले उत्पादन गरेका सामग्री बिक्रीका लागि राजदल गणको पछाडि पट्टी रहेको सहकारी भवनमा शुक्रबार लाग्ने बजारमा सामग्री राख्न स्टल भाडा वडा कार्यालयले तिरिदिने योजना पनि बनाएको छ ।’ १४ नं. वडा कार्यालयले चालु आर्थिक वर्षको बजेटबाट महिलालाई उद्यमी बनाउनेतर्फ विशेष ध्यान केन्द्रित गरेको छ ।

419447315_686111033675797_5744684374790406748_n-1705186470.jpg

वडाको वार्षिक कार्यक्रमअन्तर्गत महिलाहरूका लागि १० दिने जुत्ता बनाउने तालिम कार्यक्रम आयोजना गरिएको हो । तालिम सफलतापूर्वक सम्पन्न भएको छ । वडा कार्यालय नजिकैको सामुदायिक भवन तिखिदेवलमा सञ्चालन गरिएको उक्त तालिम कार्यक्रमका १४ जना महिला सहभागी बनाएका जुत्ता समापन समारोहमा प्रर्दशनी पनि गरिएको थियो । प्रशिक्षार्थीलाई १० दिनसम्म जुत्ता बनाउन सक्ने तुल्याउन प्रशिक्षकका रुपमा सुहाग जोशी तथा प्रतिमा शाक्यले तालिम दिनु भएको हो । 
तालिम समापन समारोहका प्रमुख अतिथि वडाअध्यक्ष महतले वडा नं. १४ को वडास्तरीय बजेटबाट महिलाहरूलाई उद्यमी बनाउने लक्ष्यका साथ कार्यक्रम बनाएको बताउँदै वडाको बजेट हो सहभागी भइदिउँन त भनेर प्रस्तुत नभइकन तालिम लिएका महिला दिदी बहिनीलाई आफूले बनाउने जुत्ताको व्यवसायीकरणमा आवद्ध हुन निरन्तरता दिन आह्वान गर्नुभयो । 

419458899_686111090342458_3850109720013164605_n-1705186478.jpg
वडाले उद्यमी महिलालाई लक्षित गरी १० लाख रुपैयाँ सिड मनिको व्यवस्था गरेको जनाउँदै उहाँले त्यो बजेट सदुपयोगका लागि टिम बनाएर कार्यक्रमसहित आउन आह्वान गर्नुभयो । 
कार्यक्रममा वडा नं १४ की वडासदस्य संगीता अछामीले १० दिने जुत्ता बनाउने तालिममा सहभागी महिलालाई तालिम मात्रै लिएर त्यतिकै नबसी यो तालिम लिएपछि सिक्न, टिक्न र बिक्न कसरी सकिन्छ भनेर मनन गर्न आह्वान गर्नुभयो ।  ‘म यो फिल्ड नभएर होला, १० दिनमा जुत्ता बनाउन सकिन्छ भन्ने लागेको थिएन’, तालिममा सहभागी महिलालाई प्रोत्साहन गर्दै उहाँले भन्नुभयो, ‘तपाईंहरूले यो १० दिन भित्रै राम्रा जुत्ता बनाउनु भएको छ । यसलाई अझै फिनिसिङ गरी बजारीकरण गर्नेतर्फ लाग्नु होला ।’  उहाँले तालिमका सहभागी महिला दिदी बहिनीलाई प्रशिक्षक वा उद्यमी के बन्ने हो त्यो लक्ष्यका साथ अघि बढ्न आह्वान गर्नुभयो । 

419472796_686111080342459_7225207721423959581_n-1705186598.jpg
कार्यक्रमकी सभापति एवम् वडास्तरीय महिला सञ्जालकी संयोजक सहनशीला कार्कीले वडा नं १५ मा रहेको सहकारी भवनमा स्टल राख्नका लागि वडाले स्टल भाडा तिरिदिएर महिलालाई सामग्री उत्पादनमा प्रोत्साहन गर्ने बताउनुभयो । महिला दिदी बहिनीहरूलाई आयमूलक काममा लगाउनका वडा कार्यालयले थप तालिमका कार्यक्रम ल्याउने उहाँले बताउनुभयो ।  कार्यक्रममा तालिमकी प्रशिक्षक सुहाग जोशीले आफूले उत्पादन गर्र्ने सामग्री कसरी राम्रो बनाउने भन्नेतर्फ सोच्न आह्वान गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘तपाईंहरूले कि म उद्यमी बन्छु, कि ट्रेनर बन्छु भनेर लक्ष्य लिनुभयो भने मात्रै सफल हुनुहुन्छ । तालिम लिएपछि त्यतिकै बस्यो भने वडाको बजेट पनि खेर गयो, तपाईको समय पनि खेर गयो । हामी प्रक्षिकक पनि असफल भयौं’

419458894_686111250342442_1286222022216182556_n-1705186592.jpg

419472796_686111080342459_7225207721423959581_n-1705186598.jpg

419458900_686111223675778_3540722782673444786_n-1705186507.jpg

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ०५:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार