शाहरुख चाहन्छन् मणि रत्नमसँग सहकार्य 

शुक्रबार, पुस २७, २०८०

मुम्बई । बलिउड अभिनेता शाहरुख खानले सन् १९९८ मा मणि रत्नमको फिल्म ‘दिल से’मा अभिनय गरे । यो फिल्मको ‘छैया छैया’ गीत आज पनि उत्तिकै लोकप्रिय छ । अभिनेता शाहरुखको मणि रत्नमप्रति कति मोह छ भने अहिले पनि उनीसँग सहकार्य गर्न चाहन्छन् । शाहरुखको पछिल्ला फिल्म ‘पठान’, ‘जवान’ र ‘डंकी’ बक्सअफिसमा सुपरहिट भएपछि उनलाई हालैमात्र सीएनएन न्यूज १८ ले ‘इण्डियन अफ द इयर’को अवार्ड प्रदान गरेको थियो । उनले अवार्ड लिइरहँदा निर्देशक मणि रत्नम पनि समारोहमा उपस्थित थिए । अवार्ड लिएपछि उनले मणि रत्नमलाई नयाँ फिल्ममा आफूलाई लिन अनुरोध नै गरे ।
‘म तपाईंलाई आग्रह गरिरहेको छु, भीख मागिरहेको छु, तपाईं मसँग फिल्म गर्नुहोस् । यसपटक रेल नभई प्लेनमा तपाईंका लागि ‘छैया छैया’ गर्न तयार छु,’ मणि रत्नमप्रति लक्षित गर्दै शाहरुखले भने ।
शाहरुखको कुरा सुनेपछि मणि रत्नमले पनि आफूले प्लेन किनेपछि मात्र शाहरुखलाई कास्ट गर्ने बताए । यो कुरा सुनेका शाहरुखले ‘मैले प्लेन किनें भनें’ मात्र के भनेका थिए, मणि रत्नमले ‘पक्का काम गर्नेछु’ भन्दै जवाफ फर्काए । शाहरुखले आफूले अभिनय गरेको फिल्मको व्यापार हेरिरहँदा प्लेन खरिद गर्ने दिन नजिक आइसकेको घोषणा नै गरे ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ०५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार