मौसम पूर्वानुमान 

तराईमा बाक्लो हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा सफा 

बिहीबार, पुस २६, २०८०

काठमाडौँ ।  तराईका अधिकांश भू–भागमा हुस्सु तथा कुहिरो लागेको छ । बाक्लो हुस्सु तथा कुहिरो लागेका कारण राजमार्गमा यातायात सञ्चालनमा केही कठिनाई हुने देखिन्छ । यता पहाडी भूभागमा भने मौसम सामान्य नै रहेको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन ।  हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
राती कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०६:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार