स्वास्थ्य विमाकाे सेवा उपलब्ध गराउन ललितपुर महानगर र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता ((भिडियो)

बुधबार, पुस २५, २०८०

काठमाडौं । ललितपुर महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेबारे समझदारी पत्रमा सम्झौता भएको छ । बुधबार महानगरबासीलाई स्वास्थ्य बीमासहितको सेवा उपलब्ध गराउनेबारे सम्झौता भएको हो ।  महानगरपालिकाले सुरु गरेको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन गर्ने सन्दर्भमा महानगरले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरेर स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउन उक्त सम्झौता गरेको हो । कार्यक्रम आगामी फागुन १ गतेबाट पूर्ण रुपमा कार्यान्वयनमा जाने महानगरले जनाएको छ । 

Photo-(6)-(5)-1704892095.jpg
सम्झौता पत्रमा प्रतिष्ठानका तर्फबाट रजिष्ट्रार प्राडा. पारसकुमार आचार्य र नगर प्रमुख चिरिबाबु महर्जनले हस्ताक्षर गरे । सम्झौता पत्रमा हस्ताक्षरपछि खुसी व्यक्त गर्दै आचार्यले महानगरका राम्रा कार्यक्रमलाई समर्थन गर्ने उद्देश्यले प्रतिष्ठानले महानगरको स्वास्थ्य बीमा कार्यक्रमलाई अझ सुदृढ र सशक्त बनाउन भूमिका निर्वाह गर्ने बताए । उनले नगरबासीलाई प्रतिष्ठानले विशेषज्ञ सेवा घरमै उपलब्ध गराउन आफूहरु प्रतिवद्ध रहेको समेत उल्लेख गरे । 
यस्तै प्रमुख महर्जनले सरकारले देशभर लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नदेखिएकै कारण महानगरमा सो कार्यक्रम ढिलागरी सुरु गरेको प्रस्ट्याए । 
महर्जनले भने, ‘राष्ट्रिय बीमा पोलेसी अपनाउन हामी सुरुमा अलिकति शसंकित थियौं । यो बारेमा धेरै नकरात्मक कुराहरु आइरहेको थियो । सात सय ५३ पालिका मध्येमा हामी सात सय ५० औं पालिका हुन पुग्यौं । यहाँसम्म आइपुग्दा हामीले एकदमै राम्रो पार्टनर भेट्टायौं र हिजोको जतिपनि नकारात्मक कुराहरु आइरहेको थियो त्यसलाई वास्ता गर्नुपर्ने आवश्यकता देखिएन ।’  


देशभरका ७ सय ५३ स्थानीय पालिकामा बीमा कार्यक्रम लागू गर्नेमा ललितपुर महानगर १ सय ५० औं स्थानमा पर्छ । अब स्वास्थ्य बीमा कार्यक्रम लागू गराउन तीनओटा स्थानीय पलिका मात्रै बाँकी छन् ।
तर, मर्हजनले स्थानीय सरकारले प्रतिष्ठानसँग सहकार्य गरेर काम गर्दा विमा कार्यक्रम अझ बढी प्रभावकारी हुने बताए । त्यसलाई आफूहरुले सावित गरेर देखाउने उनले जनाए । 
कार्यक्रममा महर्जनले महानगरभित्र सामाजिक र स्वास्थ्य क्षेत्रमा हुनुपर्ने जति काम अझै गर्न नसकिएको स्वीकार्दै अब सामाजिक र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने उल्लेख गरे ।
ललितपुर महानगरभित्र रहेका स्वास्थ्यकर्मीहरुको कामको प्रशंसा गर्दै महर्जनले उनीहरुलाई पाटन अस्पतालसँगको सहकार्यमा थप प्राविधिक पक्षमा निपूर्ण गराउनका लागि आवश्यक कार्य गर्ने जानकारी गराए । 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार