यस्तो छ आजको मौसम पुर्वानुमान 

पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो 

बुधबार, पुस २५, २०८०

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने बताइएको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार