हुस्सु र कुहिरो तथा हिमपातका कारण तापक्रममा गिरावट, चिसोबाट बच्न अनुरोध

सोमबार, पुस २३, २०८०

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ ।  कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । हुस्सु र कुहिरो तथा हिमपातका कारण तापक्रममा गिरावट आउने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । तराई क्षेत्रमा हुस्सु लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार