काठमाडौं उपत्यकामा हिजो वर्षकै सबैभन्दा कम तापक्रम मापन

शनिबार, पुस २१, २०८०

काठमाडौं । काठमाडौं उपत्यकामा हिजो शुक्रबार यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । आज उपत्यकाको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । आगामी केही दिनमा काठमाडौसहित देशभरिको तापक्रम घट्ने मौसमविद्ले जनाएका छन् । आगामी दुई साता देशभरिको न्यूनतम तापक्रम घट्ने जनाइएको छ । न्यूनतम तापक्रम घटेसँगै जाडो बढ्नेछ ।
तराईका क्षेत्रहरुमा बिहान बाक्लो कुइरो लाग्न थालिसकेको छ । आगामी केही दिनसम्म बिहान हुस्सु लागेर दिउँसो हट्ने सम्भावना छ ।  अघिल्लो वर्षभन्दा यसपालि जनवरी महिनाको औसत न्यूनतम तापक्रम २.४ डिग्री रहने जनाइएको छ ।  ‘हामी औसत तापक्रममा पनि पुगेका छैनौं’ वरिष्ठ मौसमविद् शान्ति कँडेलले भनिन्, ‘अघिल्लो वर्ष २.५ डिग्री मापन भएको थियो । त्योभन्दा अघिल्ला वर्षमा ६ डिग्री सेल्सियस मापन भएको थियो । यो वर्ष न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसभन्दा कम हुने सम्भावना छ ।’

Santi-Kandel-1704507519.jpg
आगामी तीन दिन पहाडी भूभागमा आंशिक बदलीको अवस्था हुने सम्भावना छ भने तराईका भूभागहरुमा बिहान हुस्सु लाग्ने र दिउँसो मौसम सफा रहने छ । 
विशेष गरेर कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । समग्र रुपमा देशव्यापी रुपमै ठूलो मौसमी प्रणाली आउने अथवा धेरै वर्षा, हिमपात हुने सम्भावना भने छैन तर तापक्रम भने घट्ने क्रममा नै छ ।  आगामी दिनमा चिसो अझै बढ्दै जाने भएकाले यसबाट बच्नका लागि न्यानो भएर बस्ने र स्वास्थ्यको ख्याल गर्न विज्ञहरुले सुझाव दिएका छन् ।
हुस्सुका कारण तराई क्षेत्रमा पारदर्शिता एकदमै कम हुने जसले गर्दा यातायातका साधन चलाउँदा, बाटोमा हिँड्दा सावधानी अपनाउनुपर्ने जनाइएको छ ।
मौसम विज्ञान विभागले काठमाडौंमा मौसम मापन केन्द्र राखेदेखि अहिलेसम्मको इतिहास हेर्दा काठमाडौंमा सबैभन्दा न्यूनतमतापक्रममाइनस ३.५ डिग्री सेल्सिएस मापनभएको छ । यो तापक्रम १९७८ जनवरी जनवरी ११ मा मापन गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ०८:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार