अफगान क्रिकेट प्रशिक्षक ट्रोटको कार्यकाल १ वर्ष थप

बुधबार, पुस १८, २०८०

काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्डले प्रशिक्षक जोनाथन ट्रोटको कार्यकाल थप गर्ने निर्णय लिएको छ । भारतमा भएको एक दिवसीय विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको अफगानिस्तान टिमका मुख्य प्रशिक्षक तथा इंग्ल्याण्डका पूर्व ब्याट्सम्यान ट्रोेटको कार्यकाल १ वर्ष थप गर्ने निर्णय गरिएको हो ।  अफगानिस्तान क्रिकेट बोर्डले आफ्नो आधिकारिक ट्विटर अकाउन्ट मार्फत यो जानकारी दिएको हो । गत वर्ष, बोर्डले जुलाई २०२२ मा १८ महिनाका लागि जोनाथन ट्रटलाई टोलीको प्रशिक्षक नियुक्त गरेको थियो । ट्रोटको प्रशिक्षणमा अफगानिस्तान क्रिकेट टिमले एसिया कप र विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
सन् २०२३ को विश्वकपमा अफगानिस्तानले पाकिस्तान, इङ्ल्यान्ड, श्रीलंका जस्ता बलियो टोलीलाई पराजित गरेको थियो ।  यसबाहेक अफगानिस्तान पनि अष्ट्रेलियाविरुद्ध जित नजिक पुगे पनि ग्लेन म्याक्सवेलको २०१ रनको विस्फोटक इनिङका कारण अफगानिस्तानले त्यो खेल जित्न सकेन । सन् २०२३ को विश्वकपपछि अब यो वर्ष पनि टी–२० विश्वकप आयोजना हुँदैछ । आईसीसीको यो ठूलो प्रतियोगिताअघि जोनाथन ट्रोटको कार्यकाल विस्तारले अफगानिस्तान टोलीलाई धेरै राहत दिनेछ । जोनाथन ट्रोट आएपछि अफगानिस्तान टोलीका धेरै खेलाडीको प्रदर्शनमा उल्लेखनीय सुधार आएको छ ।  
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार