हुस्सु र कुहिरो तथा हिमपातका कारण चिसो बढ्यो 

मंगलबार, पुस १७, २०८०

काठमाडौं । केही दिन यता मुलुकका विभिन्न भागमा चिसो बढ्दै गएको छ । हुस्सु, कुहिरो तथा हिमपातका कारण चिसो बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसो बढेकाले आवश्यक सतर्कता अपनाउन विभागले आह्वान गरेको छ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ । विभागकाअनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ । यस्तै तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागिरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार