यस्तो छ आजको मौसम पुर्वानुमान

पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो 

सोमबार, पुस १६, २०८०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले, हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । विभागकाअनुसार, अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।
यस्तै, तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँक भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार