अनन्त एनएसएलको सर्वोत्कृष्ट खेलाडी

शनिबार, पुस १४, २०८०

काठमाडौं । ललितपुर सिटी फुटबल क्लबका कप्तान अनन्त तामाङ नेपाल सुपर लिग २ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । ललितपुरले उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका अनन्त सर्वोत्कृष्ट खेलाडी बन्दै २ लाख रुपैयाँ हात पारे । ललितपुरकै जेफ बाल्टुस एनएसएलको उत्कृष्ट गोलरक्षक बने । धनगढी एफसीका रोहन कार्की उदियमान खेलाडी बन्दा इमोह एजेकेल ६ गोलसहित सर्वाधिक गोलकर्ता बने । तीनै खेलाडीले १(१ लाख पाए । वीरगन्ज युनाइटेडले फेयर प्ले उपाधि पायो ।
अनन्त तामाङको कप्तानीमा उत्रिएको ललितपुर सिटीको यसपटकको अभियानमा उतारचढाव आएका छन् । आक्रमणमा गोल गर्न संघर्ष गरे पनि अनन्तले आफ्नो डिफेन्सलाई राम्रो नेतृत्व दिएका छन् । उनी जुन टोलीबाट खेल्छन्, त्यस टोलीका लागि धेरै नै महत्त्वपूर्ण बन्ने गर्छन । टोलीको मुख्य डिफेन्डर रहे पनि उनले कार्ड पाएका छैनन् ।
ललितपुरका मार्की उनले अहिलेसम्म ११ खेलको सबै समय खेल्दै ४ क्लिन सिट समेत राखेका छन् । सेट पिसमा विपक्षीका लागि खतरा बन्ने गरेका उनले ललितपुरका लागि एक गोल गरेका छन् । उनले दुइ खेलको म्यान अफ द म्याच अवार्ड समेत जितेका छन् । उत्कृष्ट कप्तानी गरेका उनी सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।
ललितपुरका गोलकिपर बाल्टुसले फाइनलअघि सबै दश खेल खेल्दै चारवटा क्लिनसिट राखेका छन् भने सो प्रक्रियामा ६ गोल मात्रै खाएका छन् । अनन्त र उनको ब्याकलाइन गोलमा बाल्टुसको उपस्थितिको साथ ढुक्क हुदै आफ्नो खेल खेल्न सकेका छन् । उनी धनगढी विरुद्ध खेलमा प्लेयर अफ द म्याच पनि घोषित भएका थिए ।
धनगढी फुटबल क्लबबाट मिडफिल्ड र आक्रमण दुवै तर्फ खेल्दै आएका रोहनको यो पहिलो एनएसएल हो । आरसी ३२ फुटबल क्लबबाट खेलेका उनलाई युगल किशोर राईले टोलीमा समावेश गरेका थिए ।
फरक फरक भूमिकामा खेलिरहेका उनले लिगको ५ खेलमा सुरुवात गरेका छन् भने अन्य ४ मा बेन्चबाट आएका छन् । उनले १ असिस्ट पनि प्रदान गरेका छन् ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  २१:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार