एनएसएलको फाइनल आज, धनगढी र ललितपुर कसले मार्ला बाजी ? 

शनिबार, पुस १४, २०८०

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको फाइनल खेल आज हुँदैछ । दशरथ रंगशालामा धनगढी र ललितपुरबीचको फाइनल खेल साँझ ५ः३० बजे हुने छ। धनगढी एफसी र ललितपुर सिटी एफसीबीच आज हुने फाइनल खेलको अघिल्लो दिन नयाँ ट्रफी सार्वजनिक गरिएको थियो । 
एनएसएलको विजेताको पुरस्कार राशी विगतको भन्दा दोब्बर बनाइएको छ । एनएसएलको दोस्रो संस्करणको विजेताले उपाधिसहित ७० लाख रुपैयाँ प्राप्त गर्नेछ । सन् २०२१ को विजेताले ३५ लाख रुपैयाँ पाएको थियो । 

एनएसएलको आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले विज्ञप्ती जारी गर्दै विजेतो ७० लाख रुपैयाँ पु¥याएको जनाएको हो । दोस्रो हुने टोलीको २० लाख रुपियाँ प्राप्त गर्नेछ । 
यस्तै एनएसइएमले उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र इमर्जिङ खेलाडीले पाउने पुरस्कार राशी पनि सार्वजनिक गरिएको छ । दोस्रो संस्करणको उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउने छन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र इमर्जिङ खेलाडीले जनही १ लाख रुपियाँ प्राप्त गर्ने छन् ।

लिग चरणमा तालिकाको दोस्रो स्थानमा रहेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । ललितपुरले काठमाडौंलाई एलिमिनेटरमा पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको थियो । 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार