यस्तो रह्यो उद्घाटनका दिन गोदावरी नगर स्तरीय तेश्रो राष्ट्रपति रनिङशील्ड प्रतियोगिता(फोटो फिचर)

शनिबार, पुस १४, २०८०

ललितपुर । गोदावरी नगरपालिकाको आयोजनामा नगरस्तरीय तेश्रो राष्ट्रपति रनिङशील्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । प्रतियोगिता १५ गतेसम्म सञ्चालन हुनेछ । 
गोदावरीस्थित सेन्ट जेभियर स्कुलमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजना भएको प्रतियोगितामा ४७ विद्यालयका १५८५ खेलाडी विद्यार्थी सहभागी भएका छन् । 

Gajju-1-1703903133.jpg
प्रतियोगितामा ६ खेल विधा र ३३ वटा खेलका लागि ४७ वटा विद्यालयबाट कुल १५८५ विद्यार्थी, ४६ जना शिक्षक प्रतिनिधि,२ सय ७६ जना विधागत शिक्षक प्रतिनिधि तथा ६६ जना मुख्य रेफ्री, रेफ्री, अम्पायर सहभागी रहनेछन् । उक्त प्रतियोगितामा  १४४ स्वर्ण, १४४ रजत र १४४ कास्यपदक प्रदान गरिनेछ भने प्रथम स्थान हासिल गर्नेलाई नगद १ लाखसहित रनिङसिल्ड र ट्रफी, द्वितीय स्थान हासिल गर्नेलाई नगद ५० हजार र ट्रफी तथा तृतीय स्थान हासिल गर्नेलाई नगद २५ हजारसहित ट्रफी प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

Muna-1703903154.jpg
प्रतियोगितालाई सफल बनाउन प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा सबै खेल विधासँग सम्बन्धित व्यक्तित्वसहितको १३ सदस्यीय कार्यान्वयन समिति गठन गरी अधिकार समेत प्रत्यायोजन गरिएको छ ।

414668889_803080051832716_6617414296660720848_n-1703903183.jpg

lalitpur-eng-1703903186.jpg

March-pass-1703903215.jpg

aerobic-1703903272.jpg

Janabikash-1703903330.jpg

lele-1703903374.jpg

 

student-1703903294.jpg

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार