माघ १३ देखि कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल

शुक्रबार, पुस १३, २०८०

विराटनगर । सुनसरीको इटहरीमा माघ १३ गतेदेखि कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय गोल्डकप प्रतियोगिता हुने भएको छ । प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ । द योङ्ग ब्रदर्स क्लबको आयोजनामा हुने प्रतियोगिताअन्तर्गतका खेलहरु इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछन् । प्रतियोगितामा कोशी प्रदेशका आठवटा टिमको सहभागिता रहनेछ । क्लबका संरक्षक तथा खेलकुद प्रतियोगिताका संयोजक विकास केसीका अनुसार मोरङ, सुनसरी, इलाम, झापा, तेह्रथुम, धनकुटा, संखुवासभा, उदयपुरका टिमको सहभागिता हुने छ । प्रतियोगिताको उपाधि विजेताले दुई लाख ११ हजारसहित ट्रफी प्राप्त गर्नेछ । उपबिजेता टिमले एक लाख ११ हजारसहित ट्रफी पाउनेछ । हरेक दिनको म्यान अफ द म्याचलाई पाँच हजार रुपैयाँ, उत्कृष्ट गोलकिपरलाई १० हजार, प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीलाई १० हजार र म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । आयोजकको अनुमान अनुसार प्रतियोगितामा २० लाख रुपैयाँ खर्च हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २३:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार