मुक्तिनाथ क्षेत्रमा स्की प्रतियोगिता हुने

शुक्रबार, पुस १३, २०८०

काठमाडौं । नेपाल स्की संघको आयोजनामा माघको दोस्रो साता पाँचौ राष्ट्रिय स्की प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने शुक्रबार संघले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
प्रतियोगितामा अल्पाइनको जायन्ट स्लालम विधामा प्रतिस्पर्धा हुनेछ । त्यसमा पुरुष तथा महिलाको प्रतिस्पर्धा हुने बताइएको छ । प्रतियोगितालाई लक्षित गरेर गरिने प्रशिक्षणमा ५० जनाको सहभागिता रहने बताइएको छ । त्यसबाट उत्कृष्ट हुने खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइने छ । प्रशिक्षण मुक्तिनाथको प्रतियोगिता स्थलमै हुने संघका महासचिव विजय श्रेष्ठले जानकारी दिए ।
विजयी खेलाडीलाई थप प्रशिक्षण प्रदान गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइनेछ । सन् २०२४ मा नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रम रहेको संघका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।
प्रतियोगितामा नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद, गण्डकी खेलकुद परिषद र नेपाल पयर्टन बोर्डको साथ रहने छ । मनकामना केबल कार र पोडवे नेपालले प्रतियोगितालाई प्रायोजन गर्ने जनाएको छ ।
सोही अवसरमा २०२४ को जनवरी–फेबु्रवरीमा दक्षिण कोरियाको गाङवनमा हुने युथ ओलम्पिक्समा नेपालका तर्फबाट छनोटका भएका छोवाङ मिन्गुर तामाङ र लक्ष्मी राईले भाग लिने बताइएको छ । छोवाङ र लक्ष्मीले अल्पाइन जायन्ट स्लालामै सहभागिता जनाउने छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २२:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार