आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो 

शुक्रबार, पुस १३, २०८०

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भूभागका एक–दुई स्थानमा हल्का देखि मध्यम हुस्स लागेको छ ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली  रहनेछ । 
देशभर तापक्रम घट्दो दरमा  रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले  अनुरोध गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार