नेपालमा यात्रा गर्दा सावधानी अपनाउन आफ्ना नागरिकलाई अमेरिकाकाे अपिल

सोमबार, पुस ९, २०८०

काठमाडौँ । अमेरिकाले नयाँ ट्राभल एडभाइजरी जारी गर्दै नेपाल भ्रमणमा जाने आफ्ना नागरिकलाई सावधानी अपनाउन सूचित गरेको छ । भ्रमण तय गरिसकेकाको हकमा पनि एक्लै पदयात्रा वा आरोहण नगर्न सुझाव दिइएको छ । अमेरिकी विदेश मन्त्रालयले पुस २ मा ल्याएको एडभाइजरीमा नेपालमा अझै पृथक् राजनीतिक हिंसाको सम्भावना रहेको जिकिर गर्दै यात्रा गर्दा सावधानी अपनाउन भनिएको छ ।
‘जोखिमका सूचकहरूको आवधिक समीक्षापछि पछिल्लो ट्राभल एडभाइजरी जारी गरिएको हो,’ अमेरिकी विदेश मन्त्रालयले भनेको छ ।
अमेरिकाको नेपाललक्षित पछिल्लो ट्राभल एडभाइजरीलाई लेभल–२ उल्लेख गरिएको छ । जसको अर्थ नेपाल यात्रा गर्दा सावधानी अपनाउनुपर्ने भन्ने हो । ‘पृथक् राजनीतिक हिंसाको सम्भाव्यताका कारण नेपाल यात्रा गर्दा सावधानी बढाइएको छ । शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुन सक्छन् र नेपाली ९सुरक्षा० अधिकारीहरूले बल प्रयोग गर्न सक्छन्,’ उक्त ट्राभल एडभाइजरीमा भनिएको छ । विदेश मन्त्रालयले आफ्ना नागरिक कसैले नेपाल भ्रमण गर्ने निर्णय गरेको भए प्रदर्शन र भीडबाट बच्न पनि सुझाव दिएको छ । साथै, नेपालका निकुञ्ज वा संरक्षित क्षेत्रहरूमा पदयात्रा गर्दा एकल वा विदेशी स्वतन्त्र यात्रीलाई स्थानीय गाइड वा भरिया प्रयोग गर्नुपर्ने नेपालका सरकारी आवश्यकता पूरा गर्न पनि उक्त एडभाइजरीमा भनिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले नेपाल भ्रमणका लागि गत असार ८ मा ल्याएको ट्राभल एडभाइजरीमा ६ महिनापछि अद्यावधिक गर्दै नयाँ ल्याएको हो । 
नेपालमा अहिले कुनै पनि विदेशी नागरिकमाथि आक्रमण नभएको र त्यस्तो अवस्थामा किन ट्राभल एडभाइजरी आयो भन्नेबारेमा बुझ्न जरुरी भएको उनले उल्लेख गरे ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार