मृर्गौला बचाउ अभियान सुरु गर्दै महालक्ष्मी नगरपालिका

पूर्ण खोप सुनिश्चितताका लागि सरोकारवालालाई महालक्ष्मीकाे अभिमुखीकरण 

इमाडोल स्वास्थ्य चौकीबाट पनि अब स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिने 
बिहीबार, पुस ५, २०८०

ललितपुर । पालिका स्तरीय पूर्ण खोप समन्वय समितिका पदाधिकारीहरुलाई महालक्ष्मी नगरपालिकाले अभिमुखिकरण गरेकाे छ । नगर प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा उपप्रमुख लक्ष्मी महर्जनको आतिथ्यतामा बुधबार नगरसभा हलमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
पालिका स्तरमा नियमित खोप सुदृढीकरण, पूर्ण खोप सुनिश्चितता दिगोपना तथा सरसफाइ प्रवद्र्धन सम्बन्धि, खोप कार्यक्रमको समग्र व्यावस्थापन, पूर्ण खोप समन्वय सञ्चालनका लागि निति निर्माण योजना तयारी सम्बन्धि अभिमुखिकरण गरिएको जनस्वास्थ्य निरीक्षक भरत बोहराले जानकारी दिए । 
अभिमुखीकरण कार्यक्रमा नगर प्रमुख श्रेष्ठले नगर भित्रका सम्पूर्ण बाल बालिकालाई पूर्ण खोप सुनिस्चितताका लागि स्वास्थ्यकर्मी, पूर्ण खोप समन्वय समिति र सरोकारवालाई सक्रिय रूपमा लाग्न निर्देशन दिएका छन् । 

laxmi-1703113995.jpg
उनले खोप लगाउनबाट कोहीँ पनि बालबालिका नछुटुन र प्रत्येक वर्ष गरिँदै आएको खोप सुनिश्चितता कार्यक्रम यसवर्ष पनि सफलता पूर्वक सम्पन्न हुनेमा विश्वास व्यक्त गर्दै कार्यक्रम सफलताका लागि शुभकाना दिएका छन् । सोही कार्यक्रमा नगर प्रमुख श्रेष्ठले महालक्ष्मी नगरपालिकाले ‘मृगौला बचाउँ अभियान’ सञ्चालन गर्न लागेको जानकारी दिए । 
त्यस्तै इमाडोलमा रहेको ईमाडोल स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको रुपमा विकास गरी अब स्वास्थ्य बीमा कार्यक्रम पनि लागू गरिने पनि बताए ।  
नगरपालिकाले हाल वडा नम्बर ८ स्थित लुभु स्वास्थ्य चौकीबाट स्वस्थ्य बीमा कार्यक्रम गरिरहेको छ । नगर प्रमुख श्रेष्ठले भने, ‘स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन आगामी दिनमा दिनमा ईमाडोल र लुभु स्वास्थ्य चौकीमा कार्यक्रम गरिने छ ।’

May be an image of 12 people and people studying
स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवालीले प्रत्यक वर्ष पुस महिनामा नगर स्तरीय पूर्ण खोप समन्वय समितिको अभिमुखिकरण गरिसक्नुपर्ने बताए । उनले पुसमा अभिमुखिकरण र माघ देखि चैत्रसम्म नगर भित्र रहेका जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई पूर्णखोप सुनिश्चितताका लागि खोपको दायरामा ल्याउने अभियान सञ्चालन हुँदै आएको जानकारी गराए । उनले आज बिहीबारदेखि १० वटै वडामा वडा स्तरिय अभिमुखिकरण कार्यक्रम गरिने जानकारी दिए ।
जनस्वास्थ्य निरीक्षक भरत बोहराले सञ्चालन गरेको खोप अभिमुखिकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत पार्थमणी न्यौपानेले प्रशिक्षण दिएका थिए । 
कार्यक्रममा १० वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा तथा स्वास्थ्य शाखाका प्रमुख उपसचिव चिरञ्जीवी पौडेल, जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत पार्थमणी न्यौपाने,  सबै वडाका स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार