अध्यागमन विभागद्धारा अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण

बुधबार, पुस ४, २०८०

काठमाडौं । अध्यागमन विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आफू मातहतको एयरपोर्ट अध्यागमन कार्यालयको निरीक्षण गरेको छ । यात्रुका धेरै गुनासो आएपछि बुधबार विभागको टोलीले निरीक्षण गरेको हो । विमानस्थलमा यात्रुहरुले भोग्नु परेका समस्या र समाधानका लागि गर्नुपर्ने कामका विषयमा अनुगमन निरीक्षण गरिएको अध्यागमन विभागका प्रमुख कार्यकारी निर्देशक रुद्रसिंह तामाङले बताए ।
‘यत्रो कक्ष छ । त्यहाँ भरिएर पैसा तिरेर फेरि यता लाइन बस्नुपर्छ, बस्ने ठाउँ नभएर । यही प्रोसेसलाई हामीले घटाउन खोजिरहेका छौं,’ उनले भने । अध्यागमनमा पर्यटकले बुझाउने रकममा पनि समस्या रहेको उनले बताए । 
‘डलर नेपाल सरकारको खातामा आउने व्यवस्था गर्न प्रोसेस गर्दै छौं,’ उनले भने,‘नेपाली रुपैयाँ भएपनि राजस्व खातामा जम्मा हुने व्यवस्था गरिसकेर यो प्रक्रिया अगाडि बढाउँछौं । त्यो भयो भने एउटा हामीले ब्रेक थ्रु गर्छौं ।  यसको धेरै कुरा भइसकेको छ । सरकारको पेमेन्ट खातामा आउने व्यवस्था तत्काल नै गर्ने छौं ।’


यात्रुलाई सटही सुविधा पनि सहज बनाउनुपर्ने देखिएको उनले बताए । ‘डलर खाता नै लिनका लागि नयाँ ऐन आवश्यक पर्ने भएकाले बजेट भाषण कुर्नुपर्छ । तर, नेपाली पैसा नै लिनका लागि कुर्नु पदैन । त्यसका लागि सिस्टम बनाउने हो, हामीले अनुरोध गरिरहेका छौं,’ उनले भने ।आवागमन गर्ने यात्रुलाई सहजता प्रदान गर्नका लागि सम्बन्धित निकायहरुले गरेका कामको अनुगमन एवं निरीक्षण गरिएको उनले बताए ।
अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दैवरिष्ठ अध्यागमन अधिकृत गोकर्णप्रसाद उपाध्यायलेविमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा सेवाग्राहीको सुविधाका लागि १४ वटा डेस्कहरु राखिएकोमा ४ वटा काउन्टरविदेशी र बाँकी१० वटा नेपाली नागरिकका लागि रहेको जानकारी दिए । 
अहिले एक दिनमा करिब ९ देखि १० हजार यात्रु नेपालबाट अन्य मुलुकतर्फ प्रस्थान गर्ने गरेको उनले बताए । एउटा कर्मचारीले तीनदेखि चार सय जनाको हाराहारीमा यात्रुहरुलाई अध्यागमनको प्रक्रियामा सेवा दिने गरेको उनको भनाइ थियो । 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार