गाजा युद्धविराम वार्ताका लागि हमास नेता कायरो पुगे 

बुधबार, पुस ४, २०८०

काठमाडौं । गाजा युद्धविराको वार्ताका लागि हमास नेता इस्माइल हनियाह गाजा युद्धविरामको नयाँ वार्ताका लागि कायरो आइपुगेका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद्को युद्धविराम सुरु भएपछि उनी थप वार्ताका लागि कायरो आइपुगेका हुन् । यस्तै, इजरायलका राष्ट्रपति इसाक हर्जोगले आफ्नो देश अर्को मानवीय विरामका लागि सहयोग गर्न तयार रहेको समेत बताएका छन् ।

हमासले ७ अक्टोबरमा इजरायलको कडा सुरक्षामा घेरिएको परिधि तोडेर १,२०० मानिसलाई मार्यो र २ सय ४० जनालाई बन्धक बनाएर राखेको थियो । जसमध्ये केहीलाई युद्धविरामको क्रममा रिहा गरेको थियो ।

गाजामा युद्ध सुरु भएदेखि हालसम्म करिब २०,००० मानिस मारिएको र ५२,००० भन्दा बढी घाइते भएको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार