कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघमा 

मंगलबार, पुस ३, २०८०

ललितपुर । कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तेस्रो संस्करण माघ महिना आयोजना हुने भएको छ ।जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा माघ १८ देखि २० गतेसम्म कराते प्रतियोगिता हुने मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा यो प्रतियोगिता हुनेछ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र लगनखेल डोजोका अध्यक्ष एवम् प्रतियोगिता संयोजक दिपक श्रेष्ठले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे ।
नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा राष्ट्रिय टिमको प्रारम्भिक तयारीलाई समेत टेवा पुग्ने गरी प्रतियोगिता आयोजना गर्न लागेको ललितपुर जिल्ला कराते महासंघका अध्यक्ष दयाराम महर्जनले जानकारी दिए ।ललितपुरको सातदोबाटोम कराते ऐकेडेमी हुने प्रतियोगितामा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ के.जी. माथी, काता र टिम काता –तथा महिला तर्फ ४५, ५०,५५, ६१, ६८, ६८ के. जी. माथि, काता र टिम कातामा प्रतिस्पर्धा हुने बताइएको छ ।

Gm-mews-2-1702999719.jpg
१७ तौल समूहमा प्रतिस्पर्धा हुने यस प्रतियोगितामा प्रत्यक टिमबाट २१ खेलाडी, दुई प्रशिक्षक र १ व्यवस्थापक सहित ७ वटै प्रदेशका टोली र ३ विभागीय टोलीका गरि २ सय ४० खेलाडी, प्रशिक्षक, व्यवस्थापक र ५० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र २० जना प्राविधिकहरु गरी ३ सय १० जनाको प्रत्यक्ष सहभागिता रहने जानकारी दिइयो ।
नेपाल कराते महासंघको बार्षिक क्यालेण्डरमा समावेश प्रतियोगिता आयोजना गर्न करिव ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु. १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।  प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।
बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जनले प्रतियोगितामा प्रदेश खेलकुदबाट पनि सहयोग रहने विश्वास व्यक्त गरे ।
कराते महासंघका दावा गुरुङले लगनखेल डोजोले कराते खेलाडीका लागि उत्कृष्ट प्रतियोगिता आयोजना गर्दै आएकोमा धन्यवाद दिए ।
गोदावरी नगरपालिकाका मेयर महर्जनले नगरपालिकाले हरेक वर्ष नगरपालिकाले कृष्ण प्रसाद भट्टराईको स्मृति कराते र वीर गणेशमान सिंह स्मृति किकबक्सिङ प्रतियोगितामा सहयोग गर्दै आएको स्मरण गरे ।
संयोजक श्रेष्ठले प्रतियोगितामा सहभागी खेलाडीको आवास, खानाको व्यवस्थापन आयोजकले गर्ने जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  २१:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार