न्यायाधीशमाथि परेका उजुरीको छिट्टै छिनोफानो हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ 

मंगलबार, पुस ३, २०८०

काठमाडौं । प्रधान्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीशको कामकारबाहीलाई लिएर न्याय परिषद्मा परेका उजुरीहरुको टुंगो छिट्टै लगाउने बताएका छन् । 
गुनासो र निराशालाई भरोसामा परिणत गराउन आफूहरु काम गरिरहेको भन्दै उनले परिषद्को कामप्रति भरोसा गर्न समेत आग्रह गरे । 
न्याय परिषद् दिवसका अवसरमा मंगलबारकाठमाडौंमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले उजुरीहरुलाई प्राथमिकता दिएरै अध्ययन गरिरहेको जानकारी दिँदै न्याय परिषद्मा विचाराधीन उजुरीहरुको टुंगो चाँडै लगाउने बताए । 
उनले भने, ‘न्यायाधीशको कामकारबाही उपर परेका उजुरीहरुको परिषद्ले प्राथमिकताका साथ अध्ययन गरिरहेको छ । अब छिट्टै नै न्याय परिषद्मा विचाराधीन उजुरीहरुको टुंगो लगाउने प्रयासमा छौं ।’ 
उनले अहिले न्यायपरिषदको कार्यप्रति देखिएको निरासालाई चिर्ने प्रयासमा आफूहरु परिषदसुधारको लागि काम गरिरहेको उल्लेख गर्दै भरोसा गर्न आग्रह गरे । 
प्रधान्यायाधीशश्रेष्ठले भने, ‘हामी परिषदप्रति रहेका निराशालाई आसा र भरोसामा बदल्नुपर्छ भन्नेमा छौं । त्यसैले केही गर्ने प्रयास गरेका छौं । यस संस्थाप्रति आशा र विश्वास जागृत गराउने प्रयासमा छौं । संस्थाप्रतिको विश्वसनीयता अपेक्षा गरेर होइन, अपेक्षाकृत कार्य सम्पादनबाट प्रप्त हुन्छ भन्ने विश्वासका साथ काम गरिरहेका छौं । हामीप्रति भरोसा राख्न सबैलाई आग्रह गर्छु ।’
उनले परिषद्को भूमिका न्यायिक सुशासनको लागि पनि उत्तिकै महत्वपूर्ण भएको बताउँदै परिषद्का क्रियाकलाप थप संवेदनशील हुनुपर्नेमा जोड दिए । 
‘न्याय परिषद्को भूमिका न्यायिक सुशासनको लागि त्यत्तिकै महत्वपूर्ण छ। विभिन्न तहका अदालतमा इमान्दार,निष्ठावान र सक्षम न्यायाधीशको नियुक्ति एवं कामकारबाहीको निरन्तर अनुगमन तथा निगरानी गरी अनियमितता उपरप्रभावकारी छानबिन र कारबाहीमार्फत सुशासनको प्रत्याभूति दिलाउन न्यायपरिषद्को क्रियाकलाव र संवेदनीशलता जरुरी छ,’ उनले भने ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार