सिताराम विवाह सम्पन्न, आज राम कलेवा

सोमबार, पुस २, २०८०

काठमाडौं । रंगभूमि मैदान (वरहविघा)मा स्वयंवर र रात्रिकाल जानकी मन्दिरमा बनाइएको भव्य विवाह मंडपबीच रामसीता विवाह सम्पन्न भएको छ ।

त्रेताकालमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि वैवाहिक समारोह मनाइएको छ ।

अयोध्याबाट सीता र रामको डोला ल्याई आएका जन्तीको उपस्थिति र श्रद्धालुको सहभागितामा आइतवार स्थानीय रंगभूमि मैदानमा स्वयम्बर समारोह गरिएको थियो ।

ढोल पिपही, सहनाई, बैन्डबाजासहित रंगभूमि मैदान पुगेको रामसीताको डोलाबीच मालाफेर हुँदा नेपाली सेनाको हेलिकप्टरले आकाशबाट पुष्पवृष्टि गरेको थियो ।

नेपाली शेनाका महिला सांगीतिक समूहले डोला नगर परिक्रमा गÞरी राखदा पञ्चे बाजा समेत बजाएका थिए ।

साँझ जानकी मन्दिर प्रांगणमा बनाइएको भव्य मण्डपमा मिथिला परम्पराअनुसार सीतारामको विवाह भएको छ ।

यस्तै एक सातासम्म चलेको विवाहपञ्चमीको अन्तिम दिन आज राम कलेवा हुँदैछ ।

रामकलेवामा जानकी मन्दिरमा विशेष भण्डारा (भोज) को आयोजना गरी विहेमा जन्तीको रूपमा आएका पाहुनाहरुलाई  भोजन गराइन्छ । भोजन पश्चात् आज साधु सन्त लाई दक्षिणा प्रदान गरी बिदा गर्ने परम्परा छ ।

विवाहपञ्चमी महोत्सव आज रामकलेवा भएसँगै सकिनेछ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार