चिकित्सक लाइसेन्स परीक्षाका लागि आवेदन खुला

सोमबार, पुस २, २०८०

काठमाडौं । चिकित्सकको दर्ता प्रमाणपत्र परीक्षा ( (लाइसेन्स परीक्षा) का लागि आजदेखि आवदेन खुला गरिएको छ । 
नेपाल मेडिकल काउन्सिलले आउँदो माघ १७ देखि १९ गतेसम्म लिने ६८ औँ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि अनलाइन फाराम भर्न सकिने भन्दै हिजो आइतबार सूचना जारी गरेको हो । 
माघ २ गतेसम्म नियमित शुल्कमा र ३ र ४ गते विलम्ब शुल्कसहित आवेदन दिन पाइने काउन्सिलले जनाएको छ ।

licence-1702861269.jpg
अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुल्ला हुने काउन्सिलले सूचनामा उल्लेख गरेको छ । 
परीक्षा इनिजनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुने पनि नेपाल मेडिकल काउन्सिलले जानकारी गराएको छ । 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार