४० वर्षदेखि रोकिएको बज्रबाराहीको नित्यपूजा सुरु

शनिबार, मंसिर ३०, २०८०

बज्रबाराही (ललितपुर) । ललितपुरको गोदावरी नगरपालिका—११ मा अवस्थित बज्रबाराही मन्दिरमा नित्य पूजा सुरु भएको छ । आर्थिक अभावका कारण ४० वर्षदेखि रोकिएको पूजा बिहीबारबाट सुरु भएको हो । नित्यपूजाको लागि गोदावरी नगरपालिकाले १६ लाख सहयोग गरेको छ ।

Bajra-ba-1702684820.jpgउपत्यकाको  प्रसिद्ध धार्मिक शक्तिपीठ चार बाराही मध्ये एक बज्रबाराही हो । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आर्थिक अभावका कारण परम्परा र संस्कृति मासिनु नहुने बताए । उनले भने, ‘पूजाका लागि अक्षयकोष स्थापना गर्न नगरपालिकाले १६ लाख हस्तातरण गरेको छ ।’ परम्परा र संस्कृतिले मानव जीवनलाई हराभरा बनाउने उनको भनाइ छ । पुुजारीको जिम्मेवारी बासुदेव कर्माचार्यले पाएका छन् । गोदावरी नगरपालिकाले सम्पदा र संस्कृति संरक्षणलाई प्राथमिकता दिएर काम गरिराखेको छ।

Bajra-bara-1702684820.jpg

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  ०५:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार