चिनियाँ विज्ञान प्रतिष्ठानका प्राध्यापकहरू शैक्षिक सहकार्यका लागि नेपालमा

बुधबार, मंसिर २७, २०८०

काठमाडौं । चिनियाँ विज्ञान प्रतिष्ठान ‘चाइनिज एकेडेमी अफ साइन्स’ को प्रतिनिधिमण्डलले सहकार्य गर्ने उद्देश्यले नेपालका कलेजहरुको भ्रमण गरेका छन् । 
बुधबार चाइनिज एकेडेमी अफ साइन्सका प्राध्यापकहरुले नेपालका कलेजहरूसँग सहकार्यका लागि यहाँका कलेजहरूको  शैक्षिक गतिबिधिबारे बुझ्न भ्रमण गरेको हिमालयन ह्वाइट हाउस इन्टरनेसल कलेजका प्रमुख प्रशासकीय अधिकारी नारायणप्रसाद आचार्यले जानकारी दिए । 

‘चाइनिज एकेडेमी अफ साइन्स र नेपालका कलेजहरूबीच सहकार्य गर्नेबारे चीनका प्रतिष्ठित प्राध्यापकहरू, खासगरी चिनियाँ विज्ञान प्रतिष्ठानका प्राध्यापकहरूको नेपालमा भ्रमण भएको छ’, उनले भने, ‘नेपालमा पर्यटनको सम्भावना के छ र हामी अन्तर्गतका केही कलेजहरूमा पठनपाठन कसरी हुन्छ, पाठ्यक्रम कस्तो हुन्छ भन्ने सम्बन्धमा बुझ्न उहाँहरूले हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजमा गएर सबै कार्यक्रहरूको बारेमा जानकारी लिनुभयो ।’


उनले भेटमा सहकार्यका क्षेत्रहरु केके हुन सक्छन् भन्ने विषयमा कुराकानी भएको बताए । 
उनले भने, ‘हामीले उहाँहरूसँग सहकार्यका क्षेत्र केके हुन्छन् र शिक्षकहरूका अनुभवका आदानप्रदानका विषयमा कुरा गर्‍यौं । प्राविधिक सपोर्टहरू कस्तो हुन सक्छ भन्ने सन्दर्भमा पनि कुराकानी गर्‍यौं ।

चिनियाँ प्राध्यापकहरूको टोलीले कुपण्डोलस्थित कलेज अफ वायो मेडिकल इन्जिनियरिङ कलेजमा पनि भ्रमण गरेका थिए ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार