राष्ट्रपति रामचन्द्र पौडेलले गरे महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत 

बुधबार, मंसिर २७, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका महासचिव डा. भरतराज गौतमले दिएको राजीनामा आज स्वीकृत गरेका छन् । 
राष्ट्रपति कार्यालयको प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्तिमार्फत बुधबार राष्ट्रपति पौडेलले गौतमको राजीनामा स्वीकृत गरेको जानकारी गराएकी छन् । 
गौतमले गत मंसिर २४ गते राष्ट्रपतिलाई राजीनामा बुझाएपनि राष्ट्रपति कार्यालयले अध्ययनका लागि भन्दै उनको राजीनामालाई स्वीकृत गरेको थिएन । 
तर, आज गौतमको राजीनामाराष्ट्रपति पौडेलले स्वीकृत गरेका छन् । 
यता सभामुख देवराज घिमिरेलेआजै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगकोपरामर्शमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको जिम्मेवारी तोकिसकेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार