‘नो विन्टर होलिडेज’ उत्कृष्ट फीचर डकुमेन्ट्री

मंगलबार, मंसिर २६, २०८०

काठमाडौं । राजन कठेत र सुनीर पाण्डेद्वारा निर्देशित ‘नो विन्टर होलिडेज फ्रम नेपाल’ ले ११ औं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ मा उत्कृष्ट फीचर डकुमेन्ट्रीको पुरस्कार जितेको छ । 

एउटै पुरुषसँग विवाह भएर श्रीमान दिवंगत भएपछिका दुई एकल वृद्ध महिलाको कथा रहेको वृत्तचित्रलाई महोत्सवको निर्णायक समितिले उत्कृष्ट ठहर गरेको हो ।  मंगलबार सम्पन्न महोत्सवमा उत्कृष्ट कथानकमा सर्ट फिल्मतर्फ प्राmन्सको जवाहिन जेनिटरको ‘अन माइ फादर्स ग्रेभ,’ आकांक्षा कार्कीको ‘सनै,’ महिला सिनेकर्मीमा शुभांगी खड्काको ‘एज अफ लर्निङ’ उत्कृष्ट दरिए ।

प्रत्येक वर्ष जस्तै यसपालि सामूहिक अधिकारका विषयलाई प्राथमिकतामा राखेर उक्त महोत्सव सम्पन्न भएको आयोजकले जनाएका छन् । यसपटकको महोत्सवमा सयभन्दा बढी देशबाट फिल्मको आवेदन परेका थिए । जसमा २६ देशका ५४ वटा फिल्महरु मात्रै महोत्सवमा राखिएको थियो ।

मानवअधिकारको विषयलाई फिल्ममार्फत् जनतासम्म सहजै रुपमा पु¥याउन र फिल्म निर्माताहरुलाई आफूले बनाएको चलचित्रहरु प्रदर्शन गर्नका लागि एउटा मञ्च प्रदान गर्ने उद्देश्यका साथ करिब ११ वर्षदेखि महोत्सव मनाइँदै आएको छ ।  

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार