रूसी सेनामा २०० भन्दा बढी नेपाली भर्ती भएको प्रधानमन्त्रीको भनाई 

सोमबार, मंसिर २५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, रूसी सेनामा करिब २०० नेपाली नागरिक भर्ती भएको जानकारी सरकारसंग रहेको जानकारी दिएका छन् । 
प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र अध्ययन भिसामा रूसमा पुगेका करिब २०० नेपाली रूसी सेनामा भर्ती भएको जानकारी सरकारसंग रहेको बताएका हुन् । 
‘रूसी सेनामा पनि नेपाली युवाहरु गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो’, उनले भने, ‘अब २०० भन्दा बढी छन् भन्ने छ, त्यसको खोजी, अध्ययन भइरहेको छ ।’ 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार