उत्कृत्ट महिला स्वास्थ्य स्वयंसेविकालाई गोदावरीको सम्मान(भिडियो)

बिहीबार, मंसिर २१, २०८०

ललितपुर । गोदावरी नगरपालिका स्वास्थ्य शाखाले गोदावरी नगरभित्र कार्यरत उत्कृत्ट महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । 
स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक  स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास भन्ने मूल नाराको साथ २० औं महिला  सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर मंगलबार महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको हो । सम्मानित महिला स्वास्थ्य स्वयंसेविकालाई नगरप्रमुख गजेन्द्र महर्जन, सामाजिक विकास समितिका संयोजक शेखर न्यौपाने र स्वास्थ्य शाखाका प्रमुख लाल बहादुर थापाले संयुक्त रुपमा सम्मान गरेका थिए । 
सम्मानित हुनेमा वडा नं. १की रिता कार्की, २ की गंगामाया तिमिल्सिना, ३ की कोपिला वाइवा, ४ की ईश्वरी पहरी , ५ की राममाया डंगोल, ६ की सावित्री खड्का रहेका छन् । वडा नंं.७ की राधा घिमिरे, ८की गोमा घिमिरे, ९ की बसना विष्ट, १० की कल्पना कुमारी बाँस्कोटा, ११की रजिना देशार, वडा नं.१२ की बद्रीमाया महर्जन , १३ की चम्पा कार्की र वडा नं.१४ की विनिता महत रहेका छन् । 
कार्यक्रममा नगरप्रमुख गजेन्द्र महर्जनले स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन वडा वडामा खटिएका महिला स्वास्थ्य स्वयंसेविकाले योगदान अतुलनीय रहेको बताए । सेवा गर्दा मिल्ने सन्तुष्टि अन्य कुनै कुरासँग तुलना नहुने उनले दाबी गरे । सम्बन्धित वडाबाट उत्कृष्टको नाम छनौट भएको आएको बताउँदै उनले भने, ‘ सबैको काम उत्कृष्ट छ, तर एक जना छान्नु पर्ने हुँदा एक जनाको नाम उत्कृष्टमा आयो ।’ हक,अधिकारका लागि लड्दै गर्दा आफ्नो जिम्मेवारी र कतव्र्यलाई बिर्सन नहुने नगर प्रमुख महर्जनले बताए । 
समाजिक विकास समितिका संयोजक तथा वडा नंं। १० का वडा अध्यक्ष शेखर न्यौपानेले टोल, परिवार र व्यक्तिसम्म पुगेर स्वास्थ्य चेतना फैलाउन महिला स्वास्थ्य स्वयंसेविकाले गरेको काम अतुलनीय भएको बताए  । महामारीदेखि प्राकृतिक प्रकोपसम्मको अवस्थामा नागरिकको घर घर पुगेर पु¥याएको स्वास्थ्य सेवाको उनले प्रशंसा गरे । उनीहरुको लगनशीलता अनुकरणीय रहेको बताउँदै स्वयंसेवा प्रत्येक क्षेत्रमा आवश्यक भएको बताए । 
गोदावरी स्वास्थ्य शाखाका प्रमुख लालबहादुर थापाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रको  विशेष खम्बाको भएको दाबी गरे । स्वास्थ्यका प्रत्येक कार्यक्रम स्वयंसेविका मार्फत नै संचालन हुने भएकाले उनीहरुको भूमिका महत्वपूर्ण र अतुलनीय रहेको उनले स्पष्ट पारे ।पवित्र र मर्यादित भएको बताउँदै स्वयंसेविकाले गरेको कामको प्रशंसा गरे । महिला स्वास्थ्य स्वयंसेविकाको हक, अधिकारका लागि नगरपालिका र स्वास्थ्य शाखा संवेदनशील रहेको बताए । बाट काम भइरहेको 
जिल्ला स्वास्थ्य कार्यालयकी अधिकृत तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको फोकल पर्सन गीता आचार्य स्वास्थ्य क्षेत्रमा जतिपनि महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रको खम्बा भएको बताइन् । स्वास्थ्यसँग सम्बन्धित सबै कार्यक्रमहरु स्वयंसेविका मार्फत गर्नुपर्ने भएकोले उहाँहरुको जिम्मेवारी र भूमिका महत्वपूर्ण भएको बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ०५:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार