ललितपुर महानगरको वडा ३ पहिलो, २ दोस्रो र २९ तेस्रो

२९ वटै वडाका उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका पुरस्कारसहित सम्मानित 
बुधबार, मंसिर २०, २०८०

ललितपुर । ललितपुर महानगरको वडास्तरमा रहेको वडा स्वास्थ्य कार्यान्वयन समितिमध्ये वडा नं ३ को समिति प्रथम भएको छ । दोस्रो वडा नं २ को वडा स्वास्थ्य कार्यान्वयन समिति र वडा नं.२९ को समिति तेस्रो भएको छ । 
प्रथम हुने समितिले ६० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट हुने समितिलाई ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सम्मानपत्र सहित नगर पुरस्कार प्रदान गरे । विश्व स्वयंसेवक दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा वडाका उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई पनि नगद पुरस्कार सहित सम्मान गरिएको थियो । । यसैगरी १९ जना टिएजपी पनि नगद पुरस्कारसहित सम्मान भए ।

la 31701877926.jpg

ललितपुर महानगरमा कार्यरत टिभी ट्रेसरमध्ये वडा नंं. ८ कि विन्दिरा महर्जन पुरस्कृत भइन् । कार्यक्रममा साठ्ठी वर्ष उमेर पुगेका २० वर्ष सेवा गरेका २९ जनालाई जनही एक लाख नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरियो । 
६० वर्ष उमेर पुगेका १५देखि २० वर्षसम्म सेवा गरेका ४ जना जनही ५० हजार नगद पुरस्कारसहित सम्मानित भए । त्यसैगरी ६० वर्ष उमेर पुगेका १० देखि १५ वर्ष सेवा गरेकालाई पनि २५ हजार नगद पुरस्कार सहित सम्मान गरिएको थियो  । यसैगरी ६० वर्ष पुगेको तर सेवा अवधि १० वर्ष नपुगेको २ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका पनि सम्मानित भए ।  

la 31701877926.jpgललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरको नाम र पहिचान बढाउन महिला स्वास्थ्य स्वयंसेविकाकाहरुको भूमिका महत्वपूर्ण भएको बताए । उनले भने, ‘ललितपुर महानगरलाई स्मार्ट बनाउन तपाईंहरुको स्मार्ट भूमिका महत्वपूर्ण छ, तपाईंहरुको कामकै आधारमा महानगर स्मार्ट भइरहेको छ ।’महानगरले आगामी फागुनदेखि स्वयंसेवक कोष लागू गर्ने तयारी गरेको बताए । 

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महानगरका नागरिकलाई स्वस्थ बनाउन महिला स्वयंसेविकाहरुको भूमिका अतुलनीय रहेको बताइन् । सफल जीवनका लागि  स्वयंसेवा अनिवार्य भएको बताउँदै आफूले गरेको कामप्रति सम्मान गर्न अनुरोध गर्दै स्वयंसेवाले जीवन जिउने कला सिकाउने धारणा राखिन् । 
प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले कोरोना, भूकम्प जस्ता महामारी र प्रकोपमा महिला स्वास्थ्य स्वयंसेविकाले पु¥याएको योगदान अतुलनीय भएको बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु पुरा गर्न उनीहरुको योगदान महत्वपूर्ण रहेको दाबी गरे । 

la 1701876907.jpg
सामाजिक विकास समितिका संयोजक एवम् प्रवक्ता राजु महर्जनले फागुनदेखि नगरवासीका लागि स्वास्थ्य विमा कार्यक्रम लागू गर्ने बताए । स्वास्थ्य स्वयंसेविकाको लागि परिचय पत्र अध्यावधिक गरेको बताउँदै पोशाक भत्ताको समेत व्यवस्था गर्ने जानकारी दिए ।
स्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले बाल स्वास्थ्य र आमा स्वास्थ्यको सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार