महालक्ष्मी नगरपालिकामा लिसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुधबार, मंसिर २०, २०८०

ललितपुर । महालक्ष्मी नगरपालिकमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरणमा आज महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरि गोविन्द श्रेष्ठको अध्यक्षतामा जनप्रतिनिधि र कर्मचारीहरुका लागि नगरपालिकाको सभाहलमा संचालित लिसासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्मन्न भएको हो । 
स्थानीय तहको संस्थागत क्षमता मापन गर्नका लागि बिगत ४ वर्षदेखि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि,  २०७७ जारी भएको थियो ।

lic 21701871317.jpg
नगर कार्यपालिकाका सदस्य तथा कर्मचारीहरुका लागि संचालित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले लिसा लिसा सूचकमा रहेर कार्यसम्पादन गर्न निर्देशन दिँदै सूचक प्राप्तिमा कुनै वाधा उत्पन्न भए आफूहरुले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे । 
सोही कार्यक्रममा मन्तव्य राख्दै नगर उपप्रमुख लक्ष्मी महर्जनले नगरपालिकाले नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्नका लागि समेत यी सूचकहरुको लक्ष्यमुखि कार्यान्वयन गर्नुपर्ने धारण व्यक्त गरिन् । उनले आफ्नो जिम्मेवारीप्रति बफादार भइ सेवा प्रवाहमा प्रतिवद्ध हुन कर्मचारीहरुलाई निर्देशन दिइन् । 
प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै लिसामा नगरपालिकाले कम्तिमा पनि ८० अंक ल्याउने गरी लाग्नुपर्ने कुरामा जोड दिए । 

lic 11701871317.jpg
प्रशिक्षकको रुपमा आफ्नो प्रस्तुति दिँदै संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रेशम कँडेलले स्वमूल्याङ्कनका विभिन्न १०० ओटा सूचकहरुको बारेमा जानकारी गराएका  थिए । 
नगरपालिकाले यी सूचकहरुको प्राप्तिका लागि वर्षैभरी कार्यतालिका बनाई काम गर्नुपर्ने धारणा उनको थियो । 
लिसा सूचक कार्यसम्पादनमा आधारित अनुदान प्राप्ति र संस्थागत सुशासनका लागि महत्वपूर्ण रहेको धारण उनको छ । महालक्ष्मी नगरपालिका १० नं. वडाका वडा अध्यक्ष विजय लामाले आफूहरु सुशासन र सेवा प्रवाहमा गुणस्तरियता कायम गर्न लागिपरेको बताए । 
लिसा सम्पर्क अधिकृत गिरीराज खनालले संचालन गरेको उक्त कार्यक्रममा कार्यपालिका सदस्यहरु तथा सबै शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार